९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

उद्योगी व्यवसायी र सर्वसाधरण जनताको आत्मवल जगाउने गरी काम गर्छु: अर्थमन्त्री पुन

उद्योगी व्यवसायी र सर्वसाधरण जनताको आत्मवल जगाउने गरी काम गर्छु: अर्थमन्त्री पुन
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलवार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताउनु भयो।

उहाँले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताउनु भयो । उहाँले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको बताउन भयो । उहाँले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताउनु भयो । उहाँले सन् २००८मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पति समाधान गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु रहेको भन्दै प्राथमिकताका साथ समधान गर्ने बताउनु भयो । उहाँले सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा पगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिवद्धता पनि हो । सजिलो छैन । २००८ मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा आएको थिए । त्यति खेर पनि घरजग्गा,शेयर बजार,तरलता,सहकारीमा समस्या त्यति बेला पनि थिए । त्यो बेला पनि विश्वव्यापी आर्थिक मन्दीको असर पर्न दिएनौं । त्यो बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेका थियौं । त्यो अनुभव र आजको प्राथमिकतामा काम गर्न सकिन्छ । सबै आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु । आशा जगाउन सक्छौं । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु छन् । त्यसलाई हल गर्न सक्छौं । समस्याहरु कहाँ छन् थाहा भएकाले मेरो प्रयास अन्य मन्त्रालयहरुको सहकार्यमा समस्याहरु हल गर्न सकिन्छ । आशा जगाउन सकिन्छ । सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु । राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’

उहाँले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखिने लाग्ने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर: प्रदीप राज वन्त रासस