१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको चुनाव चिह्न ‘तीर’



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि ‘तीर’ चिह्न रोजेको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिह्नहरुमध्ये राप्रपा नेपालले ‘तीर’ रोजेपछि उसले सो चिह्न पाएको हो । पार्टी अध्यक्ष कमल थापाले आफूले रोजेको चुनाव चिह्न नपाएपछि ‘तीर’ चिन्ह रोज्नुपरेको बुधबार भएको जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बताए । उनले स्थानीय निकायको निर्वाचनमा धेरैभन्दा धेरै उम्मेदवार उठाउन र तयारीमा जुट्न निर्देशन दिए ।

आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको चिन्ह नपाए पछि तीर रोजेको बताए । यसैबीच राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले पार्टीले पाएको चुनाव चिह्न ‘तीर’ को सनातन हिन्दू धर्म, संस्कृति र प्रकृति पूजनमा गहन महत्व रहेको बताएका छन् । उनले आज एक ट्विट गर्दै यो चुनाव चिह्नले सनातन धर्म पुनःस्थापना गर्ने राप्रपा नेपालको कार्यनीतिको कार्यान्वयनमा महत्वपूर्ण रहने विश्वास बढाएको बताए ।