• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित



काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।

बुधवार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाकाअनुसार पार्टीले सरकारमा सहभागी हुन केही शर्त अघि सारेको छ । जसमा सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र संवद्र्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भएमात्रै सरकारमा सहभागी हुने भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहमभागिता र भुमिका रहने प्रश्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो । उक्त प्रश्तावलाई सकारात्मक रुपले लिँदै प्रधानमन्त्रीसँग न्मिन विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ ।

देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न यस विषयमा । राष्ट्रियताको रक्षा र संवद्र्धन गर्ने । भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्ने विषयमा । महंगी नियन्त्रण लगायत जनताका समस्याहरुको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नेगरी महत्वपूर्ण विषयमा एक पटक छलफल गरेर मात्रै आवश्यक निर्णय गर्ने ।

यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएर वार्ता गर्न पठाएका छाँै ।’

पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेबारे गठबन्धनमा सहभागी राजनीतिक दलहरुसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ ।