• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

रास्वपाका तीन मन्त्री फाइनलः गृहमा रवि, शिक्षामा सुमना



file photo

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम र शिक्षा मन्त्रालय दिने भएको हो ।

जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ ।