३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.36

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई देउवाको प्रस्ताव – सहकार्य गरेर जाऔं



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एसका का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले सहकार्यको प्रस्ताव राखेका बताईएको छ ।

देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका एकीकृत समाजवादीका एक नेताले बताए । अध्यक्ष नेपालले पनि सहकार्यबारे  सचिवालयको बैठकमा राख्ने कुरा गरेका उनले बताए ।

भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुरा गरिएको बताए।

यसअघि मंगलबार अध्यक्ष नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए ।