• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

हिमपहिरो पन्छाउन थालियो



मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन् ।”

उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो । प्रजिअ लामिछानेले भन्नुभयो, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक आउन थालेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।”

समय सकिनलाग्दा परेको भारी हिमपातले किसानलाई राहत मिलेको छ । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । रासस