२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको हो ?



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले विभिन्न अड्कलबाजी र टिप्पणीहरु भइरहेका छन् । अहिलेको सरकार कति समय जान्छदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेकोसम्म चर्चा छन् ।

नेपाली राजनीतिक दलका नेताहरु आफू सत्ताबाट हटेको दिनदेखि नै फेरि कसरी पुग्ने भन्ने ध्याउन्नमा देखिन्छन् । जनताको एजेन्डाको पुरै बेवास्ता गर्दै सधैं सत्ता र शक्तिमा झुमिने बानी परेका नेताहरुलाई प्रतिपक्षी भूमिका बस्ने रहर नै लाग्दैन । त्यही कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य टुटाएर एमालेसँग काँध जोडेपछि कांग्रेसमा फेरि छटपटाहट सुरु भएको छ ।

कांग्रेसका केही नेताहरुले अहिलेको गठबन्धनलाई असफल पार्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको सामाजिक सञ्जालमा चर्चा आइरहेको छ । रास्वपाकै नेताहरुलाई स्रोतको रुपमा प्रयोग गरेर सञ्चारमाध्यमहरुमा पनि यो विषय सार्वजनिक हुँदैछ । के कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको अफर गरेको हो त ? यति हो भने किन भन्ने प्रश्न पनि सँगसँगै आउँछ । कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर अहिलेको गठबन्धनमा बहुमत पुग्न नदिने खेल नखेल्ला भन्न सकिँदैन । तर एउटा लामो इतिहास भएको लोकतान्त्रिक पार्टीले त्यति काँचो र कच्चा खेल कसरी खेल्ला भन्ने प्रश्न पनि छ ।

सामाजिक सञ्जालमा कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला चलेसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् । महामन्त्री शर्माले नयाँ गठबन्धनलाई संविधान रक्षा जनहितमा कार्य गर्न शुभकामना दिएका छन् ।

उनले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा आफूहरु रहेको पनि खुलाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र शोधिरहनु भएको छ– के काँग्रेसले फलानालाई प्रधानमन्त्रीअफर गरेको हो ? स्पष्ट गरौं– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन । जय नेपाल ।