१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्महत्या गरेका सशस्त्रका डीएसपीको सुसाइड नोट फेला



अ+ अ-

काठमाडौं । सोमबार मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका थिए ।

धनपालथान गाउँपालिका३ स्थित क्वार्टरको भान्सामा मृत फेला परेका बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको छ ।

पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि बस्यालको शव पोस्टमार्टमका लागि स्पताल पठाउने मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका प्रहरी स्रोतले बतायो ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।