४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

नयाँ गठबन्धन प्रति चीनको यस्तो आयो प्रारम्भिक टिप्पणी

नयाँ गठबन्धन प्रति चीनको यस्तो आयो प्रारम्भिक टिप्पणी
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङ। तस्बिर साभार: चिनियाँ परराष्ट्र मन्त्रालय
अ+ अ-

काठमाडौं । चीनले नेपालको पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी अघि बढ्ने विश्वास लिएको जनाएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राखिएको जिज्ञासामा मन्त्रालयकी प्रवक्ता माउ निङले नेपालमा नयाँ सत्तारूढ गठबन्धन निर्माण गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको बताउनु भयो । प्रवक्ता निङले राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दलले एकताबद्ध भई सहकार्य गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा नयाँ सत्तारूढ गठबन्धनको स्थापना गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको छ। राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधार गर्न नेपालका विभिन्न पक्षलाई एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य अगाडि बढाउने हार्दिक आशा छ।’

प्रवक्ता निङले मैत्रीपूर्ण छिमेकी र सहयोगात्मक साझेदारी भएकाका कारण पनि चीनले चीन-नेपाल सम्बन्धमाथि उच्च महत्त्व दिएको बताउनु भयो । उहाँले नेपालको नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गरी परम्परागत मित्रतालाई सबल पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उनले भनिन्, ‘व्यावहारिक सहयोगलाई गहन पारी चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गरेर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्‍याउने इच्छा छ।’