१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बालिका हत्या आरोपमा एकजना पक्राउ



अ+ अ-

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।

पथरीस्थित लामा टोलमा शौचालय गएको बेला १५ वर्षीया ज्ञानमती थुलुङ राईको सोमबार राति निर्मम हत्या गरिएको थियो ।उनी थरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।

बालिकाको हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ मोरङ प्रहरीले जनाएको छ । प्रेम सम्बन्धलाई लिएर उनको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यसबारे थप अनुसन्धान भईरहेको छ ।