१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन व्यवहार सुधार्नुपर्छ: वामदेव गौतम

वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन व्यवहार सुधार्नुपर्छ: वामदेव गौतम
अ अ+ अ-

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताउनुभएको छ ।

सोमवार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताउनु भयो । मंगलवार उहाँले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताउनु भयो ।

उहाँले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुन: काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताउनु भयो । उहाँले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताउनु भयो । उहाँले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अप्रत्याशित हो । हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ । यो कसैले चाहेका थिएनन् । एकातिर प्रधानमन्त्री छँदैछन्, त्यहाँ पहिलो पनि दुई महिना जति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति । यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ । त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? सबैको निम्ति अप्रत्याशित भयो । यस्तो घटनाको निम्ति वातावरण धेरै पहिलादेखि बनिरहेको हुन्छ । सिर्जना हुने अलि लामो समय हुन्छ । तर घटना स्वाट्ट घट्दा अप्रत्याशित लाग्छ । काँग्रेस काँग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै काँग्रेस अघि बढ्नुपर्छ । कम्युनिष्ट कम्युनिष्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ । जनतामा प्रतिवद्ध हुनुपर्छ, जनताका कामहरु गर्नेगरी आउनुपर्छ । काँग्रेस पनि त्यही किसिमले आउनुपर्छ । अहिले राजनीतिक अभिष्ट के देखियो भने कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिन्छ भन्ने विषय बन्न सक्छ ।

नेपाली काँग्रेससँग गएपछि त्यो बन्दैन । नेपाली काँग्रेस नयाँ पुँजीवादी व्यवस्थाको वकालत गर्ने पार्टी हो । पुँजीवाद सहितको समाजवाद निर्माण गर्ने बाटोमा नेपालका कम्युनिष्टहरु जानुपर्छ । त्यो परिस्थिति सिर्जना भएको छ । जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन । अहिले पनि कम्युनिष्ट र काँग्रेस मिलेर जाने स्थिति छ । यो स्थिति अन्त्य भइसकेको छैन । मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ । अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ । कम्युनिष्ट मिलुन् र कम्युनिष्टको विचारधारबमोजिम अघि बढुन् । अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकतावद्ध गर्र्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यि दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो । अलिअलि खटपट भइरहेको काँग्रेसका नयाँनयाँ नेताहरुले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाउ, केही मतलव छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ, भन्नेकुराहरु उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका पर्‍यो भने नयाँ केटाहरुलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएका होलान् ।

उहाँले पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसदको क्याबिनमा प्रधानमन्त्रीको क्याबिन हुन्छ, त्यो क्याबिनमा प्रधानमन्त्रीको कुर्सी छ, त्यो कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ । किनभने काँग्रेसहरु चेतेका छन् । जे भन्छन् पाँचै वर्ष प्रधानमन्त्री प्रचण्डलाई भनेर हातखुट्टा सबैले सही छाप दिन तयार हुन्छन् । केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफू बाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरु सधैँभर अपमानित महशुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिष्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन ।

प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन । उहाँले आफैँ प्रचण्ड हुन्जेलसम्म उथलपुथल हुन्छ, भइरहन्छ भन्नुभयो, त्यसले यतातिर छोडेर उतातिर जान सक्नुहुन्छ भन्ने सन्देश दिएको हो की भन्ने परेको छ । केपी ओली र प्रचण्डले आफूलाई सहमत गराउनसक्ने, संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरेपछि कुनै जोखिम छैन । जनतामा लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ । उत्पादन र निर्माणमा विदेश गएका ६५ लाख सम्मका व्यक्तिलाई तुरुन्तै रोजगारी दिनेगरी कार्यक्रम ल्याउनुपर्छ । केपी ओलीले प्रचण्डको सम्मान गर्न जान्नुस् । प्रधानमन्त्री हुँदासम्म प्रधानमन्त्रीको र प्रधानमन्त्री नहुँदा बेलामा आफूजस्तै भुमिका र इतिहास भएको व्यक्तिको महत्व घटाउन हुँदैन । र प्रधानमन्त्रीलाई यताउति अहिलेको जस्तो अब गर्नु हुँदैन ।’

उहाँले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भयो । उहाँले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।