• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँ: झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।

सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रश्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताउनुभएको हो । मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।

बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रश्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब अहिले जुनजुन पार्टीहरुको बीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम शुरु भएको छ । त्यसमा औपचारिक रुपले हाम्रो पार्टी छैन । र व्यक्तिव्यक्तिले के के भुमिका खेले होलान । त्यो भिन्दै कुरा भयो । तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराईएको परिस्थिति निर्माण भएको हुनाले अव हामीले सामान्यतया यो घटनाक्रमलाई हामी बिरोध गर्दैनौं । र हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौं । विश्लेषण पनि गर्दैछौं । यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमती गरेर जाउ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं । यसलाई सकारात्मक ढंगले नै लिन्छौं । तर हामीलाई संलग्न गरिदिनोस भनेर त्यो याचना गर्न चाहीँ जाँदैनौं । हाम्रो पार्टी एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न पार्टी हो । र हामी यो देशलाई समाजवादतर्फ लैजानुपर्छ भन्ने कुरामा अत्यन्त दृढ छौं । र, अहिले यो जे तन्त्र आएको छ । यो पुँजीवादी लोकतन्त्र हो ।

यो लोकतन्त्रले जनताका समग्र समस्या समाधान गर्र्नै सक्दैन । जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौं, तबसम्म न आजका यी शोषण अन्त्य हुन्छन, न विभेद अन्त्य हुन्छ । न भ्रष्टाचार अन्त्य हुन्छ । न बेरोजगारी अन्त्य हुन्छ । न अर्थतन्त्रमा गति आउँछ ? अथवा न उत्पादक शक्तिहरुले विकास गर्न पाउँछन् । न राष्ट्रियता नै सुदृढ हुन्छ । त्यसो हुनाले समाजवादको बाटोतर्फ जानुपर्छ भन्ने कुरामा हाम्रो पार्टी दृढ छ । र त्यो ढंगले हामी अगाडि बढ्छौं । तर हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् । यी कुराहरुमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रुपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरुमा, योजनाका कुराहरुमा र भिजनका कुराहरुमा यसरी जान्छौं भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौं ।’

सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताउनु भयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताउनु भयो ।