१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले रोपेको बिरुवामा कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ: सुदन किराती



अ+ अ-

काठमाडौं । कांग्रेस माओवादी गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किरातीले मन्त्री निवास छाडेका छन् ।

मंगलबार ४१३ दिन मन्त्री पदमा बसेर बिदा भएका किरातीले अवसर प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

उनले मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै  भनेका छन्, ‘आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो’ ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री ‘प्रचण्ड’, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।

मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनितिक मृत्युलाई मैले छल्न सके तर प्राणलिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथी अठोट र ईमानले जित्न नसकिदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र ईमानले जित्न सकिदो रहेछ ।’