२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ तीन दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटल तथा पर्यटन तीन दशमलव ६९ र लगानी समूह तीन दशमलव ४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा समूह दुई दशमलव ६० र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य आज सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र बोटलर्स नेपाल ९तराई० को शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता शेयर किनबेच भएको छ ।