२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटमा गरियो शालिनको अन्त्येष्टि



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । विद्यालयको होस्टेलमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको मंगलबार अन्तिम संस्कार गरिएको छ । शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्तिम संस्कारमा उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शालीनको परिवारले उनको बलात्कार पछि हत्या गरेको आशंका जनाएका थिए । तर, त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले उनको झुण्डिएर मृत्यू भएको रिपोर्ट दिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।