काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराललाई नियुक्त गरेका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि सचेतक बर्तौलालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।