१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल

मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल
अ अ+ अ-

काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छभने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ ।

उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज दिउँसो ३ बजे गठबन्धनको बैठक छ । भोलि बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ्नातर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका आठ बुँदामा सोमबार सम्बन्धित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको थियो ।

यता जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताउनुभयो । “पार्टीको सचिवालय बैठक हिजो आज जारी रहेको । अहिलेको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै, गठबन्धनको निरन्तर र पार्टीको अडानका बारेमा बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने/ नहुनेबारे पार्टीले आजै निर्णय गर्ने जानकारी दिनुभयो ।

यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ । आज पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा सुरेन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको थियो । “प्रधानमन्त्री दाहालले यही गठबन्धन सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्नुभएको छ, लोसपा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरी निर्णय लिने जवाफ दिनुभएको थियो”, अध्यक्ष ठाकुरलाई उद्धृत गरी महासचिव झाले भन्नुभयो । रासस