१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.93

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका मन्त्री बर्खास्त



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा माओवादी एमालेसहितको नयाँ गठबन्धन बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले सरकारबाट माओवादीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

कर्णालीमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् ।