• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

प्रधानमन्त्री प्रचण्डको निर्णय अप्रत्यासित– एकीकृत समाजवादी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ ।

कांग्रेससहितको गठबन्धन तोडेर एमालेससहितको नयाँ गठबन्धन बनेपछि नेकपा एसले यस्तो बताएको हो ।

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो । प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तय गर्छ ।’

साथै, पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको छ ।