१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भागरथीको अन्त्येष्टि गरिँदै



अ+ अ-

काठमाडौं । १७ वर्षीया मृतक भागरथी भट्टको आज दाहसंस्कार हुने भएको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले बताए ।

गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो । पक्राउ परेका चडेपानीको दिनेश भट्टले बिहीबार आफ्ले नै बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछी भागरथीका घरपरिवारले शव बुझ्न मानेको  हो । गत बुधबारमात्रै आरोपित भन्दै प्रहरीले दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताउँदै आएका थिए ।

तर पछि शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको रिपोर्ट आएपछि बिहीबार उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।