• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ?

शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित



एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उम्मेदवार शाहबाज शरीफ पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदनबाट आईतवार भएको मतदानमा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिकले आईतवारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरीफले चुनाव जितेको घोषणा गर्नुभयो ।

शरीफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफका संयुक्त उम्मेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए । ३३६ सदस्यीय राष्ट्रिय सभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरीफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए ।

यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि नयाँ सदन बनेपछि शुक्रवार राष्ट्रिय सभाका सदस्यहरूले सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित गरेका थिए ।