• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

बजेटका सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल



काठमाडौं । संसदमा आजदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने भएको छ ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने छ । संघीय संसद्का महासचिव पद्मसाद पाण्डेयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा यो विषय समेटिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । त्यसलगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए । उनका अनुसार छलफल फागुन २१, २२, २३ र ३० गते तथा चैत १, २ र ४ गते हुने छ ।

यसैगरी प्रतिनिधि सभा आजैको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । यसैगरी महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) समिति सभापति किरण कुमार साहले पेश गर्ने सम्भावित कार्यसूची छ ।