२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल



फाइल तस्वीर
अ+ अ-

काठमाठौ । वर्तमान सत्ता गठबन्धन लगभग टुट्ने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएर एमाले प्रवेश गर्ने भएको हो । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यी दुई पार्टीबीच खटपट सुरु भएको थियो ।

यो खटपट अब मन्त्रिमण्डल नै परिवर्तनसम्म पुगेको बताइएको छ । अहिले एमाले माओवादी अध्यक्ष प्रचण्डसँग नजिकिएको छ । जसका कारण अब माओवादीको नेतृत्वको सरकारबाट कांग्रेस निस्किने भएको छ ।

आज साँझ बालुवाटारमा एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछाने पुगेर प्रधानमन्त्री प्रचण्डसँग सत्ताको बाँडफाँडकै बारेमा कुराकानी गरेको समाचार स्रोतले जनायो ।
समाचार स्रोतका अनुसार साँझको बैठकमा एमाले, रास्वपा र उपेन्द्र यादवको पार्टी जसपा सरकारमा जाने विषय समेत छलफल भएको छ ।

यो गृहकार्य निकै अघि बढेपछि परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण नै स्थगित भएको पनि बुझिएको छ । आज साँझ परराष्ट्र मन्त्रालयले दुई लाइनको विज्ञप्ति निकालेर भ्रमण स्थगित भएको जनाएको थियो ।

त्यसैगरी साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर सत्ताबाट हट्नुपर्ने पनि हुनसक्ने संकेत गरेका थिए । उता एमालेले पनि यो संकेत गरेको छ ।

अध्यक्ष ओलीले सो सत्ता गठबन्धन जसरी पनि टुट्नुपर्ने बताएका छन् भने जनकपुर पुगेर उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले भत्किने बताएका थिए