९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा

युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा
अ अ+ अ-

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषत: सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्‍घोष गरेको छ ।

उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुन: पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप मजबुत बनाएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भन्नुभयो, “ नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ ।

यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन मद्दत गर्नेछन् ।”

उक्त कोषले देहायका तीन कार्यक्रममा सहयोग गर्नेछ :

युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ

कक्षा १-३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होउन् भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ ।

त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग पुर्‍याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउनेछ ।

युएसएआइडी शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण

युएसएआइडीले सबै प्रदेशमा कक्षा १-१० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई मजबुत बनाउनेछ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्नेछ ।

युएसएआइडी समतामूलक तथा समावेशी शिक्षा

आफ्नो शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउनेछ, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउनेछ र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्नेछ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ ।

नेपालमा युएसएआइडीले सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी शिक्षा क्षेत्रका साझा प्राथमिकताहरूमा काम गर्नुका साथै शिक्षा, विपद् उत्थानशीलता, आर्थिक वृद्धि, लोकतन्त्र र सुशासनका क्षेत्रमा भएका प्रमुख चुनौतीहरूको सामना गर्दछ । शिक्षा क्षेत्रमा आफ्नो साझेदारीमार्फत युएसएआइडीले सीमान्तकृत युवा र प्रारम्भिक कक्षाका विद्यार्थीका विशिष्ट आवश्यकताहरूको सम्बोधन पनि गर्दछ, जसले नेपालको शिक्षा क्षेत्रमा उच्च गुणस्तरीयपन र अझ बढी समावेशी र समतामूलक शैक्षिक प्रणालीप्रति योगदान पुर्‍याउँछ ।

कक्षाकोठामा सबै बालबालिका सफल हुने सम्भावना बढाएर युएसएआइडीले नेपालको उज्ज्वल भविष्यलाई सहयोग पुर्‍याउँछ जहाँ सीमान्तकृत समुदाय र समूहहरूलगायत सबै जनता नेपालको लोकतन्त्रमा पूर्ण रूपमा सहभागी हुन सक्छन् ।