२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.91

Wind: 4.63

Humidity: 56

Latest
सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित १२ दिनसम्म जाममा फस्नुपरेको विश्वको सबैभन्दा लामो जाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि साझा एजेण्डा आवश्यक: चन्द्रप्रसाद ढकाल



अ+ अ-

पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उहाँले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै अब भने सुधार हुँदै जाने बताउनुभयो । “जति बिग्रिने हो त्यति बिग्रिसकेको छ । अब अर्थतन्त्र चलायमान हुँदै गएकाले यो क्षेत्र सुधार हुन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताउनुभयो । पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले तीन तहका सरकारका बीच समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन व्यहोर्नुपरेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विचार व्यक्त गर्नुभयो । पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले पर्वत पर्यटन, जलविद्युत् र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना हुनुका साथै जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफूले साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

सङ्घको १८औँ अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । रासस