२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

प्रदेश प्रमुखतिर किन हात हाल्दैछ सरकार ?

प्रदेश प्रमुखतिर किन हात हाल्दैछ सरकार ?
file photo
अ अ+ अ-

प्रदेश प्रमुखहरु पदमुक्त हुने प्रावधान संविधानले व्यवस्था गरेको छ– राजीनामा दिएमा वा राष्ट्रपतिले पदमुक्त गरेमा । त्यसो भए राष्ट्रपतिलाई सरकारले सुझाव दिने या परामर्श गर्ने गर्छ कि गर्दैन ? 

संविधानअनुसार केही औपचारिक कार्यक्रमबाहेक राष्ट्रपतिले गर्ने सबै काम सरकारको परामर्शमा हुनेछ । अर्थात् राष्ट्रपति आफैले मात्र गर्ने कुनै काम छैन, आफ्नो निजी र केही अत्यन्तै औपचारिक बाहेक ।  

प्रदेश प्रमुखको परिवर्तन त झन् राजनीतिक निर्णय हो, यसमा प्रधानमन्त्रीसँग परामर्श नगर्ने कुरै भएन । नेकपाको अर्थात् जुन दलले प्रधानमन्त्रीलाई र आफूलाई राष्ट्रति निर्वाचित गरेको थियो, सो दलको छँदाखाँदाको स्पष्ट बहुमत रहेको संसदलाई त प्रधानमन्त्रीले सिफारिश गरेको एकाध घन्टामै विघटनको टाँचा लगाइदिने राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्दा सल्लाह नगर्ने भन्ने कुरै भएन । 

बरु यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ सरकार किन प्रदेश प्रमुखतिर हात हाल्दैछ भन्ने चाहिँ हो । प्रधानमन्त्री ओलीले अघि सारेका कुनै सानो कामको पनि ठूलो संकेत हुन्छ । जस्तो कि गएको वैशाखमै उनले दल विभाजनसम्बन्धी तथा संवैधानिक परिषदमा बुहमतको आधारमा पनि निर्णय हुने गरी अध्यादेश ल्याए । 

त्यो किन ल्याए भन्ने बारेमा अनेकका धेरै थरि अनुमान थिए । ती अनुमान पछि मंसिरको अन्तिम साता उनले गर्न खोजेका संवैधानिक नियुक्तिमा आएर प्रमाणित भए । त्यसबेला त सबैले विरोध गरे र त्यो फिर्ता भयो आखिर आएर सोही अध्यादेश फेरि जारी गरे र अख्तियार देखि आएर धेरैतिर नियुक्ति गरे । 

दल विभाजनको आजको निर्वाचन आयोगको गाँठो त उनले उहिले नै फुकाउन खोजेका थिए नेकपा विभाजनका लागि । त्यस बेला त्यो अध्यादेश भएको भए अहिले निर्वाचन आयोगलाई यो सकस पर्दैनथ्यो, ४० प्रतिशत लिएर उहिल्यै एउटा समूह अलग भैसक्थ्यो । 

आजको संकेत पनि केही हुनसक्छ । अहिले प्रदेश प्रमुख परिवर्तन गर्ने मौसम यो होइन । यो पदका कारण दुई नम्बर प्रदेश सरकार या कसैलाई पनि कुनै अप्ठेरो परेको कुरा पनि कतैबाट आएको छैन । तर पनि सरकारले २ नं प्रदेशबाट यो काम गरेर देशमा के संकेत दिन खोजेका हुन् त ? 

छोरी कुटेर बुहारी तर्साउने खेलको घेराभित्र मात्र यो कदम सीमित नहुन सक्छ । हुनत नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पक्षका तिलक परियारलाई बर्खास्त गरेको भन्ने सतही अनुमान हो । तर त्यतिमा मात्र यो अनुमान सीमित नरहन सक्छ । यो कदमले प्रदेश सरकारतर्फ विहंगम दृष्टि लगाएको पनि हुनसक्छ । 

राष्ट्रपतिले प्रदेश प्रमुखमा परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेको अघिल्लो दिन एउटा समाचार नेपालका अनलाइनहरुमा भाइरल भएको थियो । त्यो समाचार हो, अब सरकारले प्रदेश सरकार पनि भंग गर्न सक्छ भन्ने । त्यो पनि कुनै विश्लेषक या राजनीतिक नाराबाट आएको नभई जिम्मेवार व्यक्तिबाटै आएको थियो । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले यदि प्रदेश बैठक चल्न नदिने हो भने प्रदेश सरकार नै भंग हुनसक्ने उनले बताएका थिए । यता यो अभिव्यक्ति दिँदै थिए पूर्व मन्त्री गोकुल बाँस्कोटाले । यी दुवै जना प्रधानमन्त्री ओलीका अति निकटका व्यक्ति हुन् । उनीहरुले बोल्ने हरेक कुरामा ओलीको भावनाको प्रतिनिधित्व भएको हुन्छ भन्ने भनाई नेकपा भित्रको चर्चित भनाई हो । 

ठेट नेपाली शब्दमा भन्दा यतिखेर नेपालको राजनीतिक व्यवस्था बडो हुँडलिएको अवस्थामा छ । त्यसभित्र पनि सरकार अझै प्रदेश प्रदेश भित्र छिरेर हुँडल्दैछ । अहिले नै यस्तो किन हुँदैछ ? ती दुईले मात्र नभएर अधिकांश नेपाली नागरिकले यो प्रदेश सरकार भंग गरिदिए हुन्छ भनिरहेका बेला किन सरकार प्रदेश भित्रै छिरेर किन यसरी हुँडल्दैछ ? के साँच्चिकै बाहिर आएजस्तै सरकार प्रदेश सरकारहरु पनि भंग गर्दैछ ?