९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?



अ+ अ-

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो ।

स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण छ । यसअघि अन्य खाद्य वस्तुमा गुणस्तर मापदण्ड निर्धारण जीवनाशक विषादीको सिमा निर्धारण गरेको भएता पनि हरियो तरकारी तथा फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको थिएन ।

राजपत्रमा प्रकाशित मापदण्ड अनुसार बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ  भने करेलामा १, भन्टामा २१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सिमा तोकिएको छ । यसैगरी काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ ,स्याउमा २७, केरामा ४२,वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ । यसैगरी चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको छ ।

सरकारले निर्धारण गरेको सिमा भन्दा बढी विषादीको मात्रा प्रयोग गरेको देखिए खाद्य ऐन २०२३ अनुसार पाँच वर्ष कदै वा ५० हजार रुपैयाँ जरिमाना वा दुवै सजाय हुनेछ । आजको राजधानी दैनिकमा ।