९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या आरोपमा दुईजना पक्राउ



अ+ अ-

त्रिशूली (नुवाकोट) : नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दुवैजनालाई काठमाडौँबाट पक्राउ गरेर आज नुवाकोट ल्याइएको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आजै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।

हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए । अनुसन्धानका क्रममा  रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दम्पतीले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।  रासस