• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छुुः कुशल मल्ल



काठमाडौँ । नामिबियाबिरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपालले शुक्रवार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत हुनुभयो । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताउनुभएको हो । प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्व बुझेको बताउनु भयो । उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट रहनुभयो ।

उहाँकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो । कुुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताउनु भयो । यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उहाँको धारणा थियो । उहाँले ७÷८ को रन रेटमा रन बनाउने योजना रहे पनि शुरुवाती विकेट गुम्दा केही चुनौति पनि बनेको उहाँले बताउनु भयो । डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाउनु भयो ।

उहाँले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गर्नुभयो । सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताउनु भयो । यद्यपि आफूमा यो खेल जोगाउँछ भन्ने आत्मविश्वासमा रहेको पनि उहाँको भनाइ छ । करणले आफ्नो पहिलो बल योर्कर फ्याक्छु भन्ने अनुरूप बलिङ गरेको बताउनु भयो । दबाबमा रहेर भन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उहाँले बताउनु भयो । नामिबियाविरुद्धको जितले खराब समय सकिएको उहाँलाई विश्वास लागेको छ । पछिल्ला ४÷५ महिना डेथ ओभरमा कसरी बलिङ गर्ने भन्नेबारे काम गरिरहेको करणले खुलासा गर्नुभयो ।