२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक

उपराष्ट्रपति र सभामुखका विरुद्ध यसरी खनिए प्रधानमन्त्री

उपराष्ट्रपति र सभामुखका विरुद्ध यसरी खनिए प्रधानमन्त्री
अ अ+ अ-

प्रधानमन्त्री केपी ओली आज उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटारिुद्ध खनिएका छन् । नेकपाको ओली पक्षले आज विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले उपराष्ट्रपति पुन र सभामुख सापकोटाले आफ्नो पदीय मर्यादा र औकात विर्सिएका भन्नेसम्मको टिप्पणी गरे ।
 
प्रधानमन्त्री ओलीले भने- 'उपराष्ट्रपतिले सरकारका विरुद्धमा भाषण गर्दै हिँड्नुभएको छ, के उहाँको पदीय हैसियतले त्यसो गर्न मिल्छ ? उहाँले सरकारका विरुद्धमा भाषण गर्दै हिँड्ने हो ? त्यही लेखेको छ संविधानमा ?' 

उपराष्ट्रपति पुनले यसै हप्ता आयोजित नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रमुख अतिथिका रुपमा गरेको सम्बोधनमा सरकारको आलोचना गरेका थिए । उनले सरकारले संविधान अनुरुप काम नगरेको र प्रधानमन्त्रीले संविधान मिचेर संसदको विघटन गरेको भन्नेसम्मको टिप्पणी गरेका थिए । 

त्यसैगरी प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटालाई त सरकारका विरुद्धमा मुद्धा लड्ने झगडिया र किर्ते काम गर्ने व्यक्ति समेत भने । संसद सचिवालयमा सरकारका विरुद्धमा दर्ता गरेको अविश्वासको प्रस्तावको समयमा सभामुखले किर्ते गरेको उनले बताए । 

सभामुख जस्तो व्यक्तिले यसरी किर्ते काम गर्ने ? यसरी किर्ते हस्ताक्षर गर्ने ? अनि जनतालाई भ्रममा पार्ने हो ? प्रधानमन्त्री ओलीले सभामुखलाई सरकाकार विरुद्धमा सर्वाेच्च अदालतमा मुद्धा लिएर पुगेको झगडियासम्म भनेका थिए ।
 
नामै नलिई उनले भने- 'एकजनालाई सभामुख बनाइयो अहिले आएर यही सरकारका विरद्धमा मुद्धा लिएर अदालत धाएका छन्, उनको काम यही हो ? त्यो कुर्सीमा बसेर यसो गर्न मिल्छ ?'