२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.27

Wind: 1.54

Humidity: 58

Latest
श्री रामचन्द्रको पूजा आराधना गरी आज रामनवमी पर्व मनाइँदै पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै



अ+ अ-

फुङ्लिङ। ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब रु २३ लाख बराबरको सिक्का गणना गर्न थालेको हो ।

पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् । २०७६ सालयताका भारु सिक्का करिब दश लाख बराबर र नेपाली सिक्का करिब रु १३ लाख बराबरको गणना हँुदै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता सिक्का गणना गर्न सुरु गरिएको हो । समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत् भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय सिक्का रु १०, रु पाँच, रु दुई र रु एक दरका रहेका छन् । सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

माघ मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ ९रामनवमी०का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ । रासस