१० मंसिर २०८१, सोमबार
,
Latest
रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाको एक रेस्टुरेन्टमा भिषण आगलागी, ४३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । बंगलादेशको एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ ।

बिहीबार राति राजधानी ढाकास्थित एक रेस्टुरेन्टमा भिषण आगलागी हुदा ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् ।

सात तलाको भवनमा लागेको आगो चाँडै फैलिदा दर्जनौं मानिस आगलागीमा फसेका थिए । आगलागीमा परेका ७५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।

आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।