२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक

भटमास तेलले बढायो निर्यात

भटमास तेलले बढायो निर्यात
अ अ+ अ-

काठमाडौं । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू। ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।

तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम तेल निर्यात गरेका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगबाट भटमासको तेलको निर्यात शुरू गरेको विराटनगरका तेल व्यवसायी प्रदीप मुरारकाले बताए । ‘यहाँका तेल उद्योगहरूले विशेषगरी पाम तेल नै उत्पादन गरिरहेकोमा भारतले प्रतिबन्ध लगाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेका थिए,’ उनले भने, ‘तर पामपछि अलिअलि भटमासको तेलको माग रहेकाले उद्योगले भटमासको तेल उत्पादन शुरू गरेकोमा छोटो समयमा यसले राम्रो बजार लिएको छ ।’

व्यवसायीहरूले पामजस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । गत वर्षसम्म ८० प्रतिशत पाम तेल र बाँकी भटमासको तेल उत्पादन गर्ने उद्योगले अहिले ८० प्रतिशतभन्दा बढी भटमासको तेल उत्पादन गरिरहेको मुरारका बताउँछन् । यसबाहेक व्यवसायीहरूले सूर्यमुखीको तेलको पनि उत्पादन गरिरहेका छन् ।

पाम तेलको माग भारतमा मात्र रहेको तर भटमास र सूर्यमुखीको तेलको माग नेपालमा पनि उच्च रहेकाले यसको बजार राम्रो भएको उनको भनाइ छ । विभागका अनुसार अघिल्लो वर्ष सूर्यमुखीको तेल हजार लिटर मात्र निर्यात भएकोमा यस वर्ष १० हजार लिटर निर्यात भएको छ । आर्थिक अभियान दैनिकमा छ ।