९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङमा नेपालका तीन विकल्प



अ+ अ-

बेइजिङ । कोभिड–१९ का कारण एक वर्षदेखि अस्थिर रहेको नेपाल–चीन व्यापारिक नाका केरुङलाई सक्रिय बनाउन नेपालले तीन वटा प्रस्ताव अघि सारेको छ । चिनियाँ नव वर्ष लाग्नुअघि फेब्रुअरी पहिलो साता सिगात्सेमा गरिएको छलफलमा नेपालले राखेका प्रस्तावमाथि चिनियाँ पक्ष सकारात्मक रहेको र थप छलफलपछि जानकारी दिने बताएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

नेपाली व्यापारीका सामान पर्याप्त मात्रामा नेपाल जान नसकिरहेको गुनासो आइरहेका बेला चिनियाँ पक्षले कोभिड नियन्त्रणका कारण असहज भएको तर अन्य कुनै मनसाय नरहेको स्पष्ट पारेको महावाणिज्यदूत नवराज ढकालले बताए । नाकाहरूको स्थलगत भ्रमणका लागि जान खोजेको महावाणिज्यदूत नेतृत्वको टोली हिमपातका कारण रोकिएपछि सिगात्सेमै केरुङ र तातोपानी भन्सार, सीमा सुरक्षा, वाणिज्य विभागका प्रतिनिधिलगायतसँग अन्तर्क्रिया गरी फर्किएको थियो । तिब्बत वैदेशिक विभागले बैठकको समन्वय गरिदिएपछि नेपालले केरुङ नाकाका लागि तीन सुझाव अघि सारेको ढकालले बताए । ‘हामीले तीन विकल्प दिएर केरुङ नाका सक्रिय बनाइदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘उहाँहरूले प्रस्तावमाथि छलफल गरेर निर्णय दिन्छौं भन्नुभयो ।’

ढकालका अनुसार तिब्बती वाणिज्य विभागका महानिर्देशकसँग दुई सिफ्टमा सामान पठाउने, तातोपानी मोडल अपनाउने र नेपाली चालक केरुङपट्टि छिर्न दिने गरी तीन सुझाव राखिएको छ । तिब्बतीहरूको नयाँ वर्ष ल्होसार सकिएपछि तातोपानी नाकाबाट दैनिक २० भन्दा बढी कन्टेनर नेपालतर्फ गइरहेको र केरुङबाट दैनिकजसो पाँच वटा कन्टेनर मात्रै चीनतर्फ आएको ढकालले बताए । दैनिक दुई सिफ्ट गरेर १६ वटासम्म कन्टेनर पठाउने बाटो खोलिदिन चीनलाई आग्रह गरिएको उनको भनाइ छ ।

दोस्रो विकल्पमा तातोपानी नाकामा जस्तै चीनबाट जाने कन्टेनर मितेरी पुलपारि छाडिएपछि नेपाली ट्रकले तानेर लैजाने व्यवस्था गर्न सकिने उनले बताए । तेस्रो विकल्पमा, नेपाली चालक र कामदारलाई चिनियाँ क्षेत्रभित्र पस्न दिने छ । नेपालपट्टि रसुवागढीमा करिब दुई दर्जन हाराहारीमा चालक र मजदुरको दैनिक तापक्रम नाप्ने र १४ः१४ दिनमा पीसीआर टेस्ट पनि गर्ने गरिएको छ । उनीहरूलाई केरुङपट्टि राखेर नेपाली ट्रक लैजाने व्यवस्था गर्न नेपालको प्रस्ताव छ । कान्तिपुर दैनिक