२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति
अ अ+ अ-

काठमाडौ । पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । 

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिनुभयो । सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिनुभयो ।

सङ्घको वार्षिकोत्सव विथोलेको, साधारणसभामा उपस्थित भएर अध्यक्षमा उम्मेदवारी घोषणा गरी कसैले समर्थन नगरेपछि माइन्युट च्यातेको, राजनीतिक हस्तक्षेप गर्न खोजेको, सङ्घलाई प्रतिकुल हुने गतिविधि गरेको र पदाधिकारीबारे झुट प्रचार गरेकोले सङ्घका निवर्तमान महासचिव राजु सुवेदीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

युट्युव, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो । गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

सङ्घका सबै सदस्यले निर्देशिका अनिवार्य पालना गर्नुपर्ने र उनीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार इन्टरनेटको सहयोगमा प्रसारण गरिने युट्युबलगायत माध्यमबाट टेलिभिजन च्यानल सञ्चालन गर्दा नियमानुसार स्वामित्व तथा जवाफदेहिता, सम्पादकीय नीति, स्वार्थ संलग्नता घोषणा, सामाजिक समावेशीकरण र जनशक्तिबारे स्पष्ट रहनुपर्ने निर्देशिकामा लेखिएको छ । 

सत्यतथ्यमा आधारित रहेर प्रसारण सामग्री तयार पार्ने, सामग्री प्रसारण गर्नु अगावै सत्यपन सुनिश्चित गरेर मात्र प्रसारण गर्ने, शब्द चयन, भाषा गत शुद्धता, सामाजिक सद्भावलगायत विषयमा विषेश ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ । सरकारको ‘राष्ट्रिय आम सञ्चार नीति २०७३ को बुँदा नं। १।७ र २।६ ले पत्रकारितालाई स्वनियमन प्रणालीमा प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम स्वनियमन निर्देशिका जारी गरिएको सङ्घले जनाएको छ । रासस