२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक

‘गेगनाथ नहर्की स्मृतिमा पत्रकारिता पुरस्कार’ स्थापना

‘गेगनाथ नहर्की स्मृतिमा पत्रकारिता पुरस्कार’ स्थापना
अ अ+ अ-

तनहुँ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रममा ‘गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गर्नुभएको हो ।  अक्षय कोषका लागि रु ५१ हजार १५१ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई अध्यक्ष नहर्की, नहर्कीकी धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले प्रदान गर्नुभयो ।  

सो अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट बर्सेनि युनियनले सिफारिस गरेको जेहेन्दार पत्रकारलाई पुरस्कार प्रदान गर्ने योजना रहेको छ । अध्यक्ष नहर्की सेतीमादी दैनिकका सहसम्पादक र गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुनुहुन्छ । रकम हस्तान्तरण कार्यक्रमका नेता वाग्लेले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेसलाई मान्य हुने र पुनःस्थापना नभए निर्धारित समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । 

कांग्रेसका कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेले हाल सरकार अलोकन्त्रान्त्रिक तरिकाबाट अघि बढिरहेकाले सर्वासत्तावादका विरुद्ध, भ्रष्टाचार र असंवैधानिक कदमका विरुद्ध खबरदारी गरी जनतालाई सुसूचित पार्न आग्रह गर्नुभयो ।  

प्रवक्ता महेश्वर भट्टराईले पार्टीको कुरालाई चलायमान गराउन प्रेस युनियनकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र भावी दिनमा पनि सशक्तरूपमा अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल प्रेस युनियनको गतिविधिका बारेमा समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, महिला विकास सदस्य सोनी शर्मा, पार्षद्हरु वसन्त कँडेल, मदन वाग्ले, शङ्करराज नहर्की, शैलेश मिश्र, सल्लाहकार गोरा मिया, सदस्य आशबहादुर घिमिरेलगायतले एकता नै बल भएकाले  एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो ।