२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

मानिसमा भेटियो बर्ड फ्लु

मानिसमा भेटियो बर्ड फ्लु
फाईल फोटो
अ अ+ अ-

बीबीसी । रुसमा पहिलोपटक पोल्ट्रीबाट मान्छेमा ‘H5N8 बर्डफ्लु स्ट्रेन’ सरेको घटना पत्ता लागेको छ । अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा गत डिसेम्बरमा सुरु भएको प्रकोपपश्चात् उक्त पल्ट्रीमा काम गर्ने सात कामदार यसबाट संक्रमित भएका हुन् ।

रुसकी उपभोग्य स्वास्थ्य निरीक्षक एना पोपोभाले भनेकी छन्, “अहिले त्यहाँका सबै, सातैजना मान्छे बिरामी परेका छन् ।” उनका अनुसार संक्रमण फैलन नदिन तीव्र रुपमा सावधानीका उपाय अपनाइएको छ । यसमा मान्छेबाट मान्छेमा सर्न सक्ने संकेत भने देखापरेको छैन र विश्व स्वास्थ्य संगठनलाई पनि यसबारे जानकारी गराइसकेको उनले बताइन् । 

यसमा रुसको भेक्टोर ल्याबोरेटरीले गरेको यो खोज अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उनले प्रशंसा गरेकी हुन् । हाल सो ल्याबमा त्यो ‘स्ट्रेनको जेनेटिक मटेरियल’ लाई संक्रमित कामदारहरूबाट आइसोलेट गरि राखिएको छ ।

उनले भनेकी छन्, “हामीले भाइरस मान्छेबाट मान्छेमा सर्न नसक्ने हुँदैखेरि यस प्रकारको परिमार्जन पत्ता लगाउनुले पूरै दुनियाँलाई यो विषयमा थप अध्ययन अनुसन्धान गर्ने अनि प्रतिक्रियाका लागि तयार रहन पर्याप्त समय दिलाएको छ ।”
 
उनका अनुसार रुसी वैज्ञानिकहरूले अब यसलाई परीक्षण गर्ने सिस्टममा काम सुरु गर्न सक्नेछन् । बर्ड फ्लुका अन्य स्ट्रेन दुर्लभै मान्छेमा सर्ने गर्दछ र सरिहाल्यो भने चाहिँ मृत्यु समेत हुन सक्छ । तर ज्छल्ड स्ट्रेन मान्छेमा संक्रमण भएको यो पहिलो घटना हो ।