२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एयरबसको क्याप्टेन तालिममा धाँधली, अवकाशप्राप्त व्यक्ति छनौट भएपछि निगममा खैलाबैला

एयरबसको क्याप्टेन तालिममा धाँधली, अवकाशप्राप्त व्यक्ति छनौट भएपछि निगममा खैलाबैला
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले कार्यविधि भन्दा बाहिर गई एयरबसको क्याप्टेन तालिममा एक अवकाशप्राप्त क्याप्टेनलाई पठाउने तयारी गरेको छ । 

निगमको विनियमावली अनुसार सेवा अवधि ६ वर्ष बाँकी रहेको व्यक्तिलाई मात्र अर्को जहाज उडाउने तालीममा पठाउनु पर्ने स्पष्ट प्रावधान हुँदाहुँदै चार वर्ष पनि सेवा अवधि बाँकी नरहेका क्याप्टेन गोपाल सिंह बिष्टलाई पठाउने निर्णय निगम सञ्चालक समितिले गत शुक्रबार गरेको छ ।  

नागरिकता र अन्य प्रमाणपत्रमा फरक-फरक जन्ममिति रहेका कारण पटक पटक विवादित बन्दै आएपछि निगम व्यवस्थापनले २०७५ फागुन २८ गते नागरिकताको जन्ममितिलाई आधार मान्दै ५८ वर्ष पुरा गरेको भन्दै अनिवार्य अवकाश दिए पनि पुनः विनियमावली अनुसार तीन वर्षको करार सम्झौता गरेको थियो । 

उमेर हदले सेवानिवृत्त भैसकेको तथा करार सम्झौता पनि सकिन लागेको व्यक्तिलाई तालीम गराउँदा निगमलाई ठूलै आर्थिक क्षति हुने भएपछि सरोकारवालाहरुले निगम व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । 

निगममा महाप्रबन्धक डिमप्रकाश पौडेल र निगम अपरेशन प्रमुख दिपुराज जुहारचनले निगमको नियमलाई लत्याउँदै निर्णय गरेको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।  

न्यूजपोलार डटकमलाई प्राप्त पत्र अनु्सार बिष्टको नागरिकतामा सन् १९६१ र पासपोर्टमा सन् १९६३ जन्ममिति रहेको छ ।  जसका कारण नागरिकताको उमेरलाई आधार मान्दै सन् २०१९ मा उनलाई ५८ वर्ष पुगेको भन्दै अनिवार्य अवकाश दिइएको थियो । 

यता नागरिक उड्डयन प्राधिकरणले जारी गरेको उडान अनुमतिपत्रमा जन्ममिति सन् १९६३ उल्लेख गरिएको छ । नागरिकतालाई आधार मान्दा बिष्ट ६७ वर्ष पुग्नु भएको छ र ६५ वर्ष पार गरेपछि विमान उडाउनका लागि योग्य मानिँदैन । 

निगमले सन् २०२० जुलाई १५ मा एम–६० र वाई–१२ विमान नउडाउने निर्णय गरेपछि उहाँले सन् २०१९ नोभेम्बरमा राजीनामा दिनु भएको थियो तर अपरेशन प्रमुख जुहारचनले अगष्ट महिनामा राजीनामा स्वीकृत नगरी फिर्ता लिन लगायो । उमेर विवादका बारेमा एक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको थियो । 

नेपाल वायुसेवा निगममा हाल अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली एयसबस कम्पनीका दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् ।