मेलबोर्नः यस वर्षको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलको उपाधि सर्बियाली खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
आइतबार सम्पन्न फाइनल खेलमा विश्व नं. १ जोकोभिचले विश्वमा तेस्रो वरियताका युवा रुसी खेलाडी डानी मेडभेडेभलाई रोड लाभर एरेना रंगशालामा सहजै तीन सेटमा पराजित गरेका थिए ।
चोटका कारण केही अस्वस्थ ठानिएका जोकोभिचले फर्ममा रहेका मेडभेडेभलाई ७–५, ६–२, ६–२ ले पराजित गरे ।
जोकोभिचले यो सहित नौ पटक अस्ट्रेलियन ओपन जितेका छन् र यो उनको लगातार तेस्रो जित हो । उनले १८ वटा ग्रान्डस्लाम उपाधि जितेर इतिहास बनाएका छन् । विश्वमा हाल राफेल नाडाल र रोजर फेडेरर दुबैले २०–२० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।











