• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री ★   पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ: बाबुराम भट्टराई ★   प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन ★   क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै ★   ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र ★   आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा ★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ ।

बुधवार केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राख्नुभएको हो । बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उहाँले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताउनु भयो ।

उहाँले कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको बताउनु भयो । उहाँले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएकोमा असहमति रहेको बताउनु भयो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुंग्याएकोप्रतिपनि आफ्नो असहमती रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले आफ्नो तर्फबाट निर्णयहरुमा केही असहमतिहरु दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहिन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरु, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु ।’

उहाँले आफ्नो असहमतीका बुँदाहरु स्थायी कमिटी सदस्यहरुलाई बाँडिदिएको बताउनु भयो । उहाँले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमती राख्न पाइन्छ भनेर सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल