९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्रै हत्या गर्ने एमाले कार्यकर्तालाई ‘असल चरित्र’ देखाएको भन्दै राष्ट्रपतिबाट माफी, परिवारले पुनः मुद्दा लड्ने



file photo
अ+ अ-

काठमाडौं । 'मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।  

‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यूरु’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि लड्ने बताएकी छन्।  

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप,रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।  

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए। पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्। नागरिक दैनिकमा समाचार छ ।