१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारती मानन्धरले विष सेवन गरिन्



अ+ अ-

काठमाडौं । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ४ बजेको समयमा भारतीले विष सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार जारी छ । उनको अवस्था मध्यम रहेको बाँके प्रहरीले जनाएको छ ।

उनले विष किन सेवन गरिन् भन्ने खुल्नमा आएको छैन ।