३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपनको ताज नाडालले जिते, २१ औं ग्रान्डस्लाम जितेर इतिहास



अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनमा पुरुष एकल तर्फको उपाधि पूर्व विश्व नं. १ राफायल नाडालले जितेका छन् । यो उनको दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो । यो सहित नाडालले २१ वटा ग्रान्डस्लाम जितेर इतिहास रचेका छन् ।

यसअघि नाडालले सन् २००९ मा अन्तिम पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

मलबर्न पार्कमा झण्डै पाँच घण्टा २४ मिनेट चलेको निकै संघर्षपूर्ण फाइनलमा दुई सेटले पछि परेर पनि नाडालले विश्व नं. २ डानील मेडेभेडेभलाई ३–२ सेटले पराजित गरेका थिए ।
मेडभेडेभले पहिलो दुई सेट ६–२ र ७–६ ले जितेर अग्रता बनाएका थिए । तर त्यसपछिका तीन सेट नाडालले लगातार जितेर इतिहास रचे । नाडालले पछिल्ला तीन सेट ६–४, ६–४ र ७–५ ले जितेका थिए ।

खेलको अन्त्यसम्म पनि कसले उपाधि जित्छ भन्ने टुंगो थिएन । निकै उतारचढाब बीच भएको फाइनलमा तेस्रो सेटमा मेडभेडेभले केही गल्ती गरेका कारण सेट गुमाउनु परेको थियो । त्यसपछि नाडाल उत्कृष्ट फर्ममा प्रकट हुँदै निरन्तर दबाब कायम राखेका थिए ।

रड लेभर एरेनामा भएको फाइनल खेल हेर्न उपस्थित ठूलो संख्याका दर्शकहरुमध्ये अधिकांश नाडालका समर्थक थिए । उनीहरुले लगातार नाडालको पक्षमा हुटिङ गरेका थिए । ३५ वर्षीय नाडालको फूर्ति र स्टामिना हेर्दा लाग्थ्यो उनी २३–२४ वर्षका मात्र थिए । नाडालले कोर्टको दायाँ बायाँ, अगाडि पछाडि निरन्तर दगुरेर आफू पूर्ण रुपमा फिट रहेको देखाएका थिए ।

खेलमा मेडभेडेभले पनि कडा टक्कर दिएका थिए । खेलको मध्यभागमा दर्शकको हुटिङका कारण क्रोधित मुद्रामा देखिएका उनले आफैंले आफूलाई सम्हाल्न नसक्दा केही सुन्दर ब्रेकका अवसर गुमाएका थिए ।

यसअघि सेमिफाइनलमा नाडालले म्याटिओ बेरिटिनीलाई तथा डानील मेडभेडेभले स्टिफानो चिचिपासलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

गत वर्ष सन् २०२१ को अस्ट्रेलियन ओपनमा पनि मेडभेडेभ नोभाक जोकोभिचसँग पराजित भएपछि उपविजेतामै चित्त बुझाउनु परेको थियो । सन् २०१९ मा युएस ओपनमा राफायल नाडालसँग पनि उनी पराजित भएका थिए ।

नाडालले भने सन् २००९ मा पहिलो टिक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । यद्यपी उनी अरु चार पटक २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलमा प्रवेश गरेका थिए ।

यस वर्षको महिला एकल तर्फको उपाधि भने अस्ट्रेलियाली खेलाडी एस बार्टीले जितिन् ।