२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको उकालो यात्रा जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल ५२ लाख ३९ हजार चार सय १६ कित्ता शेयर रु एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड १९ लाख ६२ हजार छ सय ९० बराबरको कारोबार भयो ।

शिवम् मिसेन्ट रु आठ करोड २९ लाख ८२ हजार छ सय ६८, हिमालयन रिइन्स्योरेन्स रु छ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट रु पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२,र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ, कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन् ।




भर्खरै