८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका महिला प्राध्यापकहरुको ‘पाठेघरको मुखको क्यान्सर’ पत्ता लगाउन परिवार नियोजन उपत्यका शाखाको टोली किर्तिपुरमा



अ+ अ-

काठमाण्डौ । महिला प्राध्यापक र महिला कर्मचारीहरुको पाठेघरको मुखको क्यान्सर छ/छैन पत्ता लगाउन नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाको मेडिकल टीम त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा पुगेको छ ।

संघको उपत्यका शाखामा कार्यरत ५ जना मेडिकल टीम लिएर शाखाका प्रवन्धक शरद कुमार अर्याल आइतबार त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस, किर्तिपुरमा पुगी त्यहाँ अध्ययापनरत ९५ जना महिला प्राध्यापक र कार्यरत कर्मचारीहरुको ‘पाठेघरको मुखमा क्यान्सर छ/ छैन’ परिक्षण गरेको थियो ।

त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघ, विश्वविद्यालय क्याम्पस एकाईको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण लगायतका सहयोगहरु प्रिन्सिपलको कार्यालय तथा शिक्षाशास्त्र केन्द्रीय विभाग र हेल्थ डेस्कले गरेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटनपछि महिला प्राध्यापक र महिला कर्मचारीहरुको प्राविधिक जाँच, स्वास्थ्य सल्लाह एवम् रिपोर्ट वितरण गरिएको थियो । ९५ जनामध्ये २ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएपछि उनीहरुलाई थप परिक्षण र उपचारको लागि सम्वन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको छ ।

स्वास्थ्य शिवीर उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा.ध्यानेन्द्र बहादुर राइले जिम्मेवारी र क्षमताका आधारमा महिला–पुरुष बराबर भएपनि प्राकृतिक बनावटको कारण महिलाहरू बढी स्वास्थ्य जोखिममा रहने र पाठेघरको क्यान्सर संक्रमणको संभावना रहेकोले समयमै परिक्षण गरी लाभान्वित हुन आग्रह गरे ।

त्रिवि प्राध्यापक संघका सभापति डा.मनोज कुमार चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा त्रिवि प्राध्यापक संघका सदस्य डा.बालाकृष्ण अधिकारी, त्रिवि कर्मचारी संघका सभापति अनन्त पौडेल, मेडिकल टीमको नेतृत्व गर्दै आएका नेपाल परिवार नियोजन संघको उपत्यका शाखाका प्रवन्धक शरद कुमार अर्याल, त्रिवि प्राध्यापक संघ, किर्तिपुर एकाइका सचिव डा.रजनी काफ्लेले बोलेका थिए भने शिवीरकोे संयोजन संघका उपसभापति तथा स्वास्थ्य र जनसंख्या शिक्षा विभागका प्रमुख डा.भगवान अर्यालले गरेका थिए ।

संघको उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले अनिच्छित गर्भाधारण, अधिक गर्भधारण तथा कलिलै अवस्थामा हुने गर्भाधारणले गर्दा ह्युमन पपिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने बताउँदै यसबारे चेतना वृद्धि गर्नुपर्ने बताए ।

पाठेघरको मुखमा हुने क्यान्सर परिक्षणले ५ वर्षपछि हुनसक्ने क्यान्सर एकै मिनेटमा पत्ता लगाउने सकिने शाखा प्रवन्धक अर्यालले बताउँदै २८ देखि ६० बर्ष उमेर समुहका महिलाहरुमा उक्त क्यान्सरको जोखिम बढी देखिएको र समयमै पत्ता लगाई उपचार गर्नसके निको हुने बताए ।