४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकापर्ण

पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकापर्ण
अ+ अ-

काठमाडौँ । पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित आत्मकथा ‘हिम्बु’ पुस्तकको आज काठमाडौँमा लोकपर्ण गरिएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा अर्जुन कार्की, नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, आरोही मिङमा शेर्पा र अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पाले संयुक्तरुपमा सो पुस्तकको लोकापर्ण गर्नुभएको हो ।

उक्त पुस्तकमा विभिन्न ३३ शीर्षकमा लेखक शेर्पाका जीवनीमा आधारित विविध संस्मरण प्रकाशित गरिएका छन् । उहाँले नेपालको पर्यटन क्षेत्रमा बिताउनुभएको ५० वर्षको अवधिमा भोग्नुभएका उतारचढाव सो पुस्तकमा उल्लेख छ । ‘सास ट्रष्ट’द्वारा प्रकाशित उक्त पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गर्नुभएको हो ।

सोलुखुम्बुको पाङगोम गाउँमा जन्मनुभएका लेखक शेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौँ आई पर्यटन क्षेत्रमा काम गरेको अनुभव, फ्रान्समा स्कीसम्बन्धी कामसँगै सन् १९८८ मा थामसेर्कु ट्रेकिङ स्थापना गरेको विषयलाई पुस्तकमा समेट्नु भएको छ । सन् १९८७ मा थामसेर्कु हिमालको आरोहण गरेसँगै लेखक शेर्पाले विश्वको सात महादेशमा रहेका सबै उच्च हिमालको सफल आरोहण गरेको अनुभव सविस्तार पुस्तकमा उल्लेख गर्नुभएको छ ।

उक्त पुस्तकको विषयमा स्पेनका लागि नेपालकी पूर्वराजदूत दावाफुटी शेर्पा, पुस्तकका सम्पादक युवराज नयाँघरे, समीक्षक महेश पौडेल, पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायतले आफ्ना धारणा राख्नुभएको छ । सो अवसरमा लेखक शेर्पाले हिम्बु पुस्तक बिक्रीबाट सङ्कलित रकम सास ट्रष्टमार्फत आफ्नो गाउँको संस्था ह्यम्बु ठमिछो, किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर डोल्पाको त्रिपुरा सुन्दरी र ताप्लेजुङको घुन्सा फाउन्डेसनलाई रु एक लाखका दरले प्रदान गर्ने बताउनुभयो । रासस