८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ



अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गर्नुभएको छ । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गर्नुभयो । 

सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यो समस्या सामाजिक समस्याकारुपमा विकास हुँदै गएकाले यसको निराकरणका लागि सरकारले पहल गर्ने उहाँको भनाइ थियो । मन्त्री त्रिपाठीले आमाबुबालाई हेला गर्ने प्रवृत्ति बढिरहेको बेला संस्थाले राम्रो प्रयास गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संस्थाले २०७२ सालदेखि नै ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गोपाल आचार्यले राससलाई जानकारी दिनुभयो । दैनिक ८० देखि १३० जनासम्म ज्येष्ठ नागरिक सो संस्थामा आएर एकापसमा भलाकुसारी गर्ने, दुःख–पीडा आदानप्रदान गर्ने, मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् । घरपरिवारको हेरचाह पाउन नसकेका ज्येष्ठ नागरिकलाई यसरी दैनिकरुपमा सेवा गर्दै खाजा खुवाउने गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । अक्षयकोष स्थापनापछि त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकको खाजा खर्च र कर्मचारीको तलब भुक्तान गरी यस कार्यक्रमलाई निरन्तरता दिन सकिने विश्वास गरिएको उहाँले बताउनुभयो । रासस