• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   एटलान्टा युरोपा लिगको फाइनलमा ★   लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी ★   बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल ★   पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित ★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

सांसदहरुले उठाएको कुराको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुन: शुरु भएको छ ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ । रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ ।

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो – ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।