९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै



अ+ अ-

काठमाडौँ । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।

विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् । दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् । 

खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।  कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् ।  गोरखापत्र दैनिकमा छ ।