९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ औद्योगिक क्षेत्र विस्तारले गति लिँदै



अ+ अ-

काठमाडौं । सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ । ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न सरकारले विभिन्न ५ ठूला औद्योगिक क्षेत्रहरूको शिलान्यासलाई अघि बढाएको छ ।

मुलुकभित्र नयाँ औद्योगिक क्षेत्रको पहिचाहन र घोषणा गरिएको झन्डै ५ वर्षपछि सरकारले सुदूरपश्चिम प्रदेशबाट नयाँ औद्योगिक क्षेत्रको शिलान्यास शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सो प्रदेशको कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो । मंगलवार ९आज० उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् ।

यसैगरी, उनले नै १४ गते शुक्रवार वाग्मती प्रदेशको मकवानपुर जिल्लाको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशको रूपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र १३ गते बिहीवार शिलान्यास गर्ने समयतालिका रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमक क्लीन इन्डस्ट्रियल औद्योगिक पार्कको शिलान्यास पनि प्रधानमन्त्रीबाट नै फागुन १६ गते शिलान्यास गरिँदै छ । आर्थिक अभियान दैनिकमा  हिमा वि.क.ले लेखेकी छन् ।